बिहीबार, वैशाख १३, २०८१

नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ माघ २३ गते २२:१२

पेट्रोल र डिजेलको ३र३ रुपैयाँका दरले मूल्य वृद्धि ।

मनोज पाण्डेविरुद्धको मुद्धामा ७ वर्ष कैद सजाय सुनाइयो ।

सांसद रेशम चौधरीको मुद्दामा उच्च अदालतको कारण देखाउ आदेश ।

पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालतको आदेश ।

मन्त्रीहरुलाई विधेयकहरु छिटो अघि बढाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन ।

रास्वपाका ३ मन्त्रीले छाडेका मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई दिइयो ।

राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित ।

राष्ट्रियसभाबाट ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’, ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७’ र ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’पारित ।

टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १,९०० नाघ्यो ।

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा भारतीय प्रशिक्षक मोन्टी देशाई नियुक्त ।

गोल्डेन एथलेटिक्स मिट प्रतियोगितामा तेजबहादुर कार्की र निशा चौधरी सर्वोत्कृष्ट बने ।

प्रतिक्रिया