आज थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या १० हजार सात नाघ्यो
नेपालखोज
२०७७ असार १० गते १६:३१
काठमाडौं । नेपालमा आज एकैदिन थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ६२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार सात सय २८ पुगेको छ। त्यस्तै, विभिन्न अस्पतालबाट गत २४ घण्टामा ११३ जना डिस्चार्ज भएका छन्। योसहित नेपालमा हालसम्म २ हजार ३ सय ३७ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
सम्बन्धित

प्रतिक्रिया