शुक्रबार, जेठ ३, २०८२

शीतल निवासमा दलहरुबिच भेटघाटमा हुँदै

नेपालखोज २०७७ असार १० गते १८:३१

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई आज साँझ भेटघाटका लागि शीतल निवास बोलाएकी छन्।

राष्ट्रपति भण्डारीले समसामयिक विषयमा छलफल गर्न उपराष्ट्रपति, प्रधानमन्त्री, संघीय ससद्का सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री लगायतलाई बोलाएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनए ।

मुलुकमा पछिल्लो समयमा विकासित घटनाक्रम, कोरोना महामारी र लकडाउन लगायतका समसामयिक विषयहरुमा छलफल गर्नका लागि राजनीतिक दल र तिनका प्रतिनिधिलाई बोलाइएको हो ।

लामो समयसम्म राष्ट्रपतिले सबै दलका नेताहरुसँग छलफल नगरेको र अभिभाकत्व भूमिका निर्वाह गर्नका लागि भेलाको आयोजना गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया