सम्पत्ति शुद्धीकरणको आरोपमा दुई जना दोषी ठहर

काठमाडौं । विशेष अदालतले अबैध सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा प्रमोद कुमार जयसवाललाई ८ वर्ष कैद र ८३ करोड रुपैंया जरिवाना हुने फैसला गरेको छ ।
अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले जयसवाललाई सोमबार कसुर निर्धारण गरेको हो । विशेष अदालतले उनलाई गत ४ पुसमा दोषी ठहर गरेको थियो ।
जयसवाललाई ४१ करोड ५१ लाख रुपैंया विगो र त्यसको दोब्बरले हुन आउने रकम ८३ करोड ३ लाख जरिवाना सुनाएको, प्रवक्ता धन बहादुर कार्कीले बताए । त्यही घटनामा मुछिएका पप्पु ठाकुरलाई पाँच वर्ष कैद सजाय तोकिएको छ । पप्पुलाई ३ करोड ६७ लाख विगो र दोब्बर ७ करोड ३४ लाख रुपैंया जरिवाना हुने फैसला भएको छ ।
आलु र प्याज खरिद गरेको नक्कली कारोवार देखाई सम्पत्ति शुद्धीकरण गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २ बैशाख २०७७ मा दुई बाणिज्य बैंकका कर्मचारी सहित ५ जना विरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया