शनिबार, वैशाख १५, २०८१

विश्वभर अक्सिजन दिने मेसिनको अभाव

नेपालखोज २०७७ असार ११ गते १३:१३

एजेन्सी । कोभिड-१९ बाट संक्रमितको संख्या १ कारोड पुग्न लाग्दा विश्वभर अक्सिजन कन्सन्ट्रेटर अर्थात अक्सिजन दिने मेसिनको अभाव भएको छ ।

यही कारण विश्वमा अक्सिजन कन्सन्ट्रेटर (अक्सिजन दिने मेसिन) को अभावसँग जुधिरहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । सङ्गठनका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले पत्रकार सम्मेलनमा भने, ‘कैयौँ देश अब अक्सिनज कन्स्नट्रेटर (मेसिन) को अभावसँग जुधिरहेका छन् ।

यो समय यो मेसिनको माग धेरै नै भएको छ ।’ उनले भने, ‘अहिलेसम्म विश्वमा ९५ लाख ३५ हजारभन्दा धेरै सङ्क्रमित भइसकेका छन् । चार लाख ८० हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।

हरेक हप्ता १० लाखभन्दा धेरै सङ्क्रमित हुने गरेका छन् । यही कारण प्रतिदिन ८८ हजार ठूला अक्सिजन सिलिण्डर र ६ दशमलव २० लाख क्युबिक मिटर अक्सिजनको आवश्यकता देखिएको छ ।’

प्रतिक्रिया