शनिबार, माघ १२, २०८१

प्यूठानका थप सात जनामा कोरोना संक्रमण पुष्टि

नेपालखोज २०७७ असार ११ गते १३:४९

प्यूठान । प्यूठानमा आज थप सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

Advertisement

प्रदेश जनस्वास्थय प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा दुई महिला र पाँच पुरुषमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानका फोकल पर्सन पुस्कल श्रेष्ठले जानकारी दिए ।

आज बिहान पुष्टि भएका सातै जना ऐरावती गाउँपालिका–२ का रहेका छन् । योसँगै प्यूठानमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ ।

यसअघि आजै विहान पाल्पामा पनि १ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया