आज थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या ११ हजार नाघ्यो
नेपालखोज
२०७७ असार ११ गते १६:३४
काठमाडौं । देशभर कोरोना भाइरस संक्रमितको संख्या ११ हजार नाघेको छ। बिहीबार देशका विभिन्न जिल्लामा ४३४ संक्रमित थपिएपछि नेपालमा कुल संक्रमितको संख्या ११ हजार १६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेशवर गौतमले जानकारी दिए।
आज विभिन्न अस्पतालबाट कोरोनामुक्त भएर १९ महिला र २९३ पुरुष गरी ३१२ जना डिस्चार्ज भएका छन्। योसहित अहिलेसम्म देशभर २१६ महिला तथा २ हजार ४३४ पुरुष गरी २ हजार ६५० जना डिस्चार्ज भएका छन्।
बिहीबार आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले दिएको जानकारीअनुसार आज देशभरका विभिन्न आइसोलेसनमा ८ हजार ४८६ जना रहेका छन् भने क्वारेन्टिनमा बसिरहेकाको संख्या ७४ हजार २२ छ।
सम्बन्धित

प्रतिक्रिया