रुकुम घटनाका दोषीलाई उन्मुक्ति दिन नहुने भन्दै लालटिन जुलुस
नेपालखोज
२०७७ असार ११ गते २०:२८
रुकुम । अन्तरजातीय प्रेम सम्बन्धका बिषयमा रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनाको दोषी उन्मुक्ति दिन नहुने भन्दै संयुक्त राजनीतिक दलित संघर्ष समितिले आज काठमाडौंमा लालटिन जुलुस निकालेको छ ।
रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा जाजरकोटको भेरी नगरपालिका ४ का ६ जना युवालाई गाउँलेले लखेटेपछि भेरी नदीमा परेर मृत्यु भएको घटनाको दोषीलाई उन्मुक्ति दिन खोजिएका भन्दै काठमाडौंको माइतिघरमा लालटिन जुलुस निकालेको हो ।
गैरदलित प्रेमिकालाई भगाएर बिहे गर्न जाजरकोटबाट रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गएका नवराज विकसहित १८ जनालाई स्थानीयले कुटपिट गरेका थिए ।
त्यसमा नवराजसहित ६ जनाको ज्यान गएको थियो । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ भने गृहमन्त्रालयको छानविन समितिले पनि प्रतिवेदन सार्वजनिक गरिसकेको छ ।
सम्बन्धित

प्रतिक्रिया