प्रोत्साहन भत्ता नपाएको भन्दै सुर्खेतका डाक्टर आन्दोलित
नेपालखोज
२०७७ असार ११ गते २०:३७
जुल्ला । प्रोत्साहन भत्ता नपाएको भन्दै कर्णालीमा चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । कर्णाली प्रदेश अस्पतालमा करार सेवामा कार्यरत ८ औं तहका चिकित्सकले प्रदेश सरकारले घोषणा गरेको प्रोत्साहन भत्ता नपाएको भन्दै आजदेखि आन्दोलन थालेका हुन् ।
उनीहरुले आज अस्पतालको आकस्मिक सेवाबाहेकका अन्य सेवा ठप्प पारेका छन् । कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न सरकारी स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सकहरुका लागि मंसिरदेखि लागु हुने गरी कर्णाली प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो ।
तर चालु आर्थिक वर्ष सकिन लाग्दा पनि नपाएपछि आन्दोलन गर्न बाध्य भएको प्रदेश अस्पतालका आन्दोलित डा. प्रकाश वलीले बताए ।
डा. वलीका अनुसार प्रदेश अस्पतालमा ८ औं तहका २५ जना डाक्टर कार्यरत छन् । यीमध्ये एकजना मात्रै स्थायी रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया