शनिबार, वैशाख १५, २०८१

संविधान संशोधन विधेयक विरुद्ध भ्रम नफैलाउन काँग्रेस सभापति देउवाको आग्रह

नेपालखोज २०७७ जेठ १५ गते ८:४४

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भू-भाग भएकाले संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकको पक्षमा आफूहरु रहेको बताएका छन् ।

उनले यसबारेमा भ्रम नफैलाउन पनि आग्रह गरेका छन् । १३ औं गणतन्त्र दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।

नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले प्रेरणा प्रदान गर्ने सभापति देउवाले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया