शुक्रबार, जेठ ३, २०८२

धनगढी उपमहानगरले संचालनमा ल्यायो २८ बेडको आइसोलेशन

नेपालखोज २०७७ असार ११ गते २०:४८

कैलाली । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीले आफ्नै आइसोलेशन निर्माण गरी संचालनमा ल्याएको छ ।

कोरोना संक्रमितको उपचारका लागि धनगढी उप–महानगरपालिकाले बुधवारदेखि २८ वेडको आइसोलेशन संचालनमा ल्याएको छ ।

उप–महानगरपालिका वडा नं १५ जडिबुटी प्रशोधन केन्द्रमा निर्माण गरेको आइसोलेशनमा संक्रमित बिरामीहरु राख्न सुरु भैसकेको नगरप्रमुख नृप बहादुर वडले बताए ।

अहिले संचालनमा ल्याएको आइसोलेशनमा १ सय ५० वेडसम्म बनाउन सकिने नगरप्रमुख वडले बताए । उनकाअनुसार धनगढी उप–महानगरपालिकाले महिलाका लागि धनगढीमा रहेको बि.पोलिटेकमा १० वेडको ओइसोलेशन बनाउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया