राष्ट्रपतिको निर्वाचनमा मतदाताको परिचयपत्रबारे आयोगले गर्यो यस्तो निर्णय

नेपालखोज २०७९ फागुन १९ गते १९:०९

काठमाडौं । निर्वाचन आयोगले आसन्न राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका मतदाताले लिएर जानुपर्ने परिचयपत्रबारे निर्णय गरेको छ । एक सातापछि २५ फागुनमा राष्ट्रपति र ३ चैतमा हुने उपराष्ट्रपतिको निर्वाचनमा मतदाताहरूले मतदान गर्न जाँदा साथमा लिएर जानुपर्ने कागजातका सम्बन्धमा आयोगले निर्णय गरेको जानकारी दिएको छ ।

निर्वाचन आयोगले विज्ञप्ती जारी गर्दै २०७९ फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन र २०७९ चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा मतदाताहरूले मतदान गर्न जाँदा साथमा लिएर जानुपर्ने कागजातका सम्बन्धमा आयोगबाट निर्णय भएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्य रहेको निर्वाचक मण्डलद्वारा मतदान हुने कानूनी व्यवस्था रहेको बताएको छ ।

दुबै निर्वाचनमा निर्वाचन अधिकृतको कार्यालयबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताहरूलाई निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचय पत्र वा, नेपाली नागरिकताको प्रमाण पत्र वा, सम्बन्धित संसद सभा सचिवालयबाट जारी भएको परिचय पत्र वा, निर्वाचन अधिकृतबाट सम्बन्धित सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाण पत्र वा राष्ट्रिय परिचय पत्रका आधारमा मतदान गर्ने व्यवस्था आयोगले गरेको छ ।

प्रतिक्रिया