शनिबार, माघ ५, २०८१

पहिलो पटक झाडापखाला रोक्नका लागि खोप दिइदैँ

नेपालखोज २०७७ असार १२ गते १३:३६

काठमाडौँ । सरकारले पहिलोपटक झाडापखाला रोक्नका लागि खोप दिने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जन्मदेखि पाँच वर्षमुनिका बच्चालाई झाडापखालाविरद्ध खोप ‘रोटारिक्स’ दिने भएको हो ।

Advertisement

महाशाखाका बालस्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा झलक शर्मा गौतमले झाडापखालाबाट वर्षेनि बालबालिकाको मृत्यु हुने गरेकाले त्यसलाई रोक्न उक्त खोप दिन थालिएको बताए ।

उनका अनुसार वर्षेनि तीन लाख ५० हजारदेखि चार लाख बालबालिकालाई झाडापखाला लाग्ने र तीमध्ये नौ प्रतिशत बालबालिकाको मृत्यु हुने गरेको छ । ‘रोटारिक्स’ यही असारभित्र शुरु गर्नका लागि सातवटै प्रदेश हुँदै सबै जिल्लामा पठाइसकेको उनले बताए ।

प्रतिक्रिया