आज थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या ११ हजार ७ सय नाघ्यो
नेपालखोज
२०७७ असार १२ गते १६:३५
काठमाडौं । नेपालमा आज थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज ५९३ जनामा संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७५५ जना पुगेको छ ।
विहिबार ४३४ जना थपिएका थिए । बुधबार ६२९ जना थपिएका थिए । मंगलबार ५३८ जना र सोमबार ५३५ जना थपिएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् । यस्तै उपचारपछि निको हुनेको संख्या २ हजार ६९८ जना पुगेको छ ।
आज ४८ जना निको भएका छन् । विहिबार ३१२ जना निको भएका थिए । बुधबार ११४ र मंगलबार ७६ जना निको भएका थिए । सोमबार ३७० जना निको भएका थिए ।
सम्बन्धित
प्रतिक्रिया