शुक्रबार, वैशाख २८, २०८१

भारतले खुला गर्‍यो कोरोनाविरुद्धको भ्याक्सिन निर्यात, नेपाल प्राथमिकतामा

नेपालखोज २०७८ असोज २९ गते २१:२१

काठमाडौं । भारतले छिमेकी देशहरुलाई मदत भन्दै विस्तारै- विस्तारै कोरोना विरुद्धको भ्याक्सिन निर्यात सुरु गरेको छ । यसरी भ्याक्सिन निर्यात खोलिएका देशमा नेपालसहित बंगलादेश, बर्मा तथा ईरान छन्।

यस क्रममा भ्याक्सिन अलायन्सको अन्तराष्ट्रिय संगठन गाभि (जिएभिआई) अहिले पनि आफ्नो माग बमोजिमको भ्याक्सिन प्राप्त हुने पर्खाइमा छ । गाभिले भ्याक्सिनको अर्डर सिरम इन्स्टिच्युट अफ इन्डियालाई दिएको थियो । सिरमसँग नेपालले २० लाख डोज खोपको सम्झौता गरे पनि १० लाख डोजको आपूर्ति पछि बाँकि १० लाख डोजको निर्यात अवरुद्ध भएको थियो ।

अहिले सीरम इन्स्टिच्युटलाई नेपाल, बंगलादेश तथा म्यानमार जस्ता देशलाई भ्याक्सिन बेच्न अनुमति प्रदान गरिएको छ । त्यसका अतिरिक्त एस्ट्राजेनेकाको करिब तीन करोड डोज खोप पनि निर्यात गर्न छुट दिईएको छ । यद्यपि ग्लोबल भ्याक्सिन सेयरिङ प्रोग्राम कोभ्याक्सलाई भने भ्याक्सिन उपलब्ध गराउने अनुमति दिईएको छैन्।

‘कोभ्याक्स’ एउटा अन्तर्राष्ट्रिय पहल हो, जसलाई कोभिड विरुद्धको खोपमा सबै देशको पहुंँच पुर्याउने उदेश्यका रुपमा बुझिन्छ । यो अभियानको लक्ष्य मध्यम तथा निम्न आय भएका देशहरुले कोरोनाको खोप समयमै पाउन भन्ने कुरा सुनिश्चित गर्नु हो । कोभ्याक्सलाई गाभिले संचालित गर्छ ।

गाभिले अहिले यो विषयमा भारत सरकार र सिरम इन्स्टिच्युट दुबैसँग कुराकानी गरिरहेको छ । भनिन्छ सिरम इन्स्टिच्युट पनि कोभ्याक्सलाई खोप उपलब्ध गराउन सरकारको अनुमतिको प्रतिक्षामा छ ।

दोस्रो लहर बढे पछि रोकिएको थियो भ्याक्सि निर्यात
भारतले सन् २०२१ को प्रारम्भमै कोभिड विरुद्धको भ्याक्सिन कार्यक्रम सुरुवात गर्नुका साथै भ्याक्सिनको निर्यात पनि थालेको थियो । तर भारतमा कोरोना संक्रमितहरुको संख्या बढेसँगै भ्याक्सिनको आन्तरिक माग पनि बढयो ।

त्यस पछि नै दिल्ली सरकारले यसको निर्यातमा रोक लगायो । देशको आवश्यकता पूरा नगरि भ्याक्सिन निर्यात नगर्नु भनि यस विषयमा अदालतले समेत आदेश जारि गरेको थियो । भ्याक्सिन उत्पादनमा संसारकै सबै भन्दा ठुलो कम्पनी सिरम इन्स्टिच्युटबाट अन्य देशले पनि भ्याक्सिन आपूर्तिको अपेक्षा गरेको बताईन्छ ।

प्रतिक्रिया