‘मापसे’ गरेर सामान्य विवादमा साथीको हत्या

नेपालखोज २०७७ असार १२ गते १७:५५

काठमाडौँ । काठमाडौं–१५, बिजेश्वरीमा एक जना पुरुषको हत्या भएको छ । ओखलढुंगा घर भएका अन्दाजी ३५÷४० वर्षका श्याम परियारको हत्या भएको हो ।

घटनामा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी राजकुमार केसीले बताए । पक्राउ पर्नेमा ओखलढुंगाका शम्भु विक, काठमाडौं, पक्नाजोलका कृष्णमान शाक्य र काभ्रेका राम लामा तामाङ रहेका छन् ।

महानगरीय प्रहरी वृत्त, स्वयम्भुका डीएसपी निरञ्जन भट्टका अनुसार मादक पदार्थ सेवन गरेको नसामा विवाद हुँदा तीन जनाले परियारमाथि हातपात गरेको पाइएको छ । प्रहरीले आजै तीनै जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको जनाइएको छ ।

प्रतिक्रिया