शुक्रबार, वैशाख १४, २०८१

रगत आउने रुख

नेपालखोज २०७७ असार १२ गते १९:२७

एजेन्सी– तपाइले कहिँ कतै सुन्नु भएकै होला, रगत आउने रुख हुन्छ भनेर । यदि छैन भने हेरौं कस्तो हुन्छ रगत आउने रुख ?
दक्षिण अफ्रिकामा पाइने यो खास रुखको नाम ‘ब्लड उड ट्री’ हो । यसको वैज्ञानिक नाम ‘पेट्रोकार्पस एंगोलेन्सिस’ हो । यो नामिबिया, तान्जानिया तथा जिम्बाबेमा पनि पाइन्छ ।
यो रुखलाई काट्दा मात्र रगत आउने हैन, पात, हाँगा भाँच्दा पनि मानिसको जस्तै रगत आउँछ । यसको फूल पहेँलो हुन्छ । यो रुख १२ देखि १८ मिटरसम्म अग्लो हुन्छ । यसबाट धेरै महंगा–महंगा फर्निचर बनाइन्छ ।
यो रुखको पात, बोक्रा र रगतले मानिसको रक्त सम्वन्धी रोग ठीक गर्नुका साथै आँखा, पेट, मलेरिया, दादलगायत ठूला–ठूला घाउहरु पनि निको पार्दछ ।

प्रतिक्रिया