शनिबार, जेठ ४, २०८२

राष्ट्रिय धान दिवस मनाइने

नेपालखोज २०७७ असार १२ गते २०:३५

काठमाडौँ । सरकारले असार १५ गते १७ औं राष्ट्रिय धान दिवस मनाउने भएको छ । कृषि अनुसन्धान परिषद्को कार्यालय हाता खुमलटारमा सामाजिक र व्याक्तिगत दूरी कायम गर्दै धान दिवस मनाइने कृषि विभागले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

धान उत्पादनमा वृद्धि आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ सांकेतिक कार्यक्रम गरिने कृषि विभागका महानिर्देशक कञ्चनराज पाण्डेले बताए ।

मनसुन समयमै सुरु हुँदा गत वर्षको तुलनामा असार १० गतेसम्म ८.४१ प्रतिशत बढी क्षेत्रमा धान रोपाईं सकिएको विभागले जनाएको छ । यसवर्ष अहिलेसम्म दुई लाख ७५ हजार २९ हेक्टरमा धान रोपाइँ सकिएको विभागले जनाएको छ ।

प्रतिक्रिया