मंगलबार, वैशाख ४, २०८१

राष्ट्र बैंकद्वारा पुन: २१ अर्ब १० करोडको ट्रेजरी आव्हान

नेपालखोज २०७९ माघ २२ गते १३:४६

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुन: २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा टे«जरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने माघ २४ गते तोकिएको टे«जरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको सात अर्ब १० करोड, एक सय ८२ दिने अवधिको सात अर्ब र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँ बराबरको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ फागुन २३ गते, २०८० बैशाख २६ गते, २०८० साउन २३ गते र २०८० माघ २३ गते तोकिएका छन् ।

यि ट्रेजरीहरुमा २८, ९१ र ३६४ दिने अवधिको कुल १४ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी पुरानो नविकण अन्र्तगतको र बाँकी अर्थात एक सय ८२ दिने अवधिको सात अर्ब रुपैंयाँको ट्रेजरी बिल भने नयाँ रहेको छ ।

यसअघि यही माघ १६ गते पनि राष्ट्र बैकले २२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया