कांग्रेस पदाधिकारी बैठक भोली बस्दै
नेपालखोज
२०७७ असार १३ गते ९:३९
काठमाडौँ । महाधिवेसन कार्यतालिका परिवर्तन गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आइतबार बिहान ९ बजे सभापति देउवा निवास बुढानिलकण्ठमा बैठक बस्ने भएको हो ।
कांग्रेसले २०७७ साल फागुन ७ गतेबाट केन्द्रीय महाधिवेसन गर्ने यसअघि नै कार्यतालिका तय गरेको थियो । तर, कोरोना संकटका कारण महाधिवेसनका लागि गत वर्षको चैतबाट वितरण र नविकरण गर्नुपर्ने क्रियाशिल सदस्यताको कार्यक्रम सूचारु हुन सकेको छैन ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौंला लगायत केही पूर्व पदाधीकारीहरु उपस्थिति हुने सचिव पौडेलले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया