विभाजित नेकपालाई एक बनाउने प्रयासमा बामदेव, सार्वजनिक गरे अवधारणापत्र

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले आज(बुधबार) ‘नेकपा एकता राष्ट्रिय अभियान’ घोषणा गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै दुई समूहमा विभाजन भएको नेकपालाई पुनः एक बनाउन उपाध्यक्ष गौतमले ‘नेकपा एकता राष्ट्रिय अभियान’ घोषणा गरेर अवधारणा पत्र सार्वजनिक गरेका हुन् ।
गौतम संयोजक रहेको अभियान ६ सय ५१ सदस्यीय तथा कार्य सम्पादन समिती १ सय ७५ सदस्यीय छ । समितिमा नेकपाका केस हरि पराजुली, गौतम पत्नी सांसद तुलसा थापा, माया ज्ञवाली, त्रिविविका पूर्व उपकुलपति हिरालाल महर्जनलगायत छन् ।

सिद्धार्थ कटेज धोबिघाटमा गौतमले सार्वजनिक गरेको पत्रमा पार्टी एकता राष्ट्रिय अभियान सञ्चालनका लागि केन्द्रमा एक अधिकार सम्पन्न समन्वय समिति रहने जनाइएको छ । ६ सय ५१ सदस्यीय सो समितिमा एक सय ५१ जनाको कार्यसम्पादन समिति रहनेछ ।
साथै दैनिक कामका लागि आवश्यक सचिवालय समेत निर्माण हुने अवधारणापत्रमा लेखिएको छ । प्रत्येक प्रदेशमा पनि समन्वय समिति बनाउने र प्रदेशअन्तर्गत रहेका केन्द्रीय सदस्यहरु र जिल्ला समितिका संयोजकहरु पदेन सदस्यका रुपमा रहने पनि अवधारणापत्रमा उल्लेख छ ।
प्रतिक्रिया