बिहीबार, वैशाख १३, २०८१

कोरोनाको दोस्रो लहर खतरनाक हुने : डब्लुएचओ

नेपालखोज २०७७ असार १३ गते ९:५०

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर खतरनाक हुने भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रक्षेपण गरेको छ । डब्लुएचओले दोस्रो लहरमा लाखौंको ज्यान जानसक्ने औंल्याएको हो ।

डब्लुएचओका सहायक महानिर्देशक डा. रानिरी गुयराले कोभिड–१९ ले स्पेनिस फ्लूले जस्तै ज्यान लिन सक्ने बताएका छन् । उनले स्पेनिस फ्लूको दोस्रो लहरले संसारमा ५ करोड मानिसको ज्यान गएको समेत स्मरण गराएका छन् ।

सन् १९१८ को स्पेनिस फ्लु गर्मी मौसममा मथ्थर जस्तै भएपनि सेप्टेम्बर र अक्टोबरमा डरलाग्दो तरिकाले फैलिएको थियो । युरोपका देशहरुले लकडाउन खुकुलो गर्दै यात्रा अनुमतिससमेत दिएपछि गुयराले यस्तो भनाइ व्यक्त गरेका हुन् ।

सन् १९१८ देखि १९२० सम्म फैलिएको स्पेनिस फ्लुबाट ५ करोडभन्दा बढी मानिसले ज्यान गुमाएका थिए । पहिलो लहरमा केही लाख मानिसको ज्यान गएकोमा दोस्रो लहरमा करोडौंले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया