नेकपाको स्थायी कमिटी बैठक जारी
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक अहिले जारी छ । बैठक प्रधानमन्त्री निवास बालुवाटरमा ११ बजबाट सुरु भएको हो ।
बुधबारबाट सुरू भएको बैठकमा शुक्रबार १८ जना स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राखेका थिए । आजको बैठकमा बाँकी सदस्यले धारणा राख्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बुधबारकै बैठकले तय गरेका सात एजेन्डाका विषयमा बैठकमा छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ । हिजोको बैठकमा भारतसँगको सीमा विवादबारे सदस्यहरूले धारणा राखेका थिए ।
हिजोको बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली सहभागी नभएको भन्दै सदस्यहरूले विरोध जनाएका थिए । बालुवाटारमै आयोजित बैठकमा पनि प्रधानमन्त्री सहभागी नभएपछि बैठक पार्टी कार्यालय धुम्बाराहीमै सार्नुपर्ने माग गरिएको थियो ।
बैठकमा स्थायी कमिटीको बैठकमा भारतसँगको सीमा नियमन गर्नुपर्ने आवाज उठेको थियो । बैठकमा बोल्ने अधिकांश स्थायी समिति सदस्यहरूले भारतसँग खुला सीमाका कारण सधैं समस्या परिरहेको धारणा राखेका थिए ।
प्रतिक्रिया