शनिबार, जेठ ४, २०८२

कैलालीका कोरोना संक्रमितको भरतपुर अस्पतालमा मृत्यु

नेपालखोज २०७७ असार १३ गते १२:२०

कैलाली । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । कैलालीका ५० वर्षीय पुरुषको आज बिहान उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

पौडेलकाअनुसार ती व्यक्ति असार ११ गते भरतपुर अस्पतालमा भर्ना भएका थिए । लामो समयदेखि फोक्सोको क्यान्सर रोगबाट ग्रसित उनीमा गत बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयद्वारा यसको आधिकारिक पुष्टि हुन भने बाँकी छ ।

प्रतिक्रिया