प्रदेश–२ का थप ३३ जनामा कोरोना संक्रमण पुष्टि
महोत्तरी । प्रदेश–२ मा आज थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका ३३ मध्ये महोत्तरीका ३० जना र धनुषाका तीन जना रहेका छन् ।
नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणका क्रममा दुई जनामा संक्रमण देखिएको थियो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशााला जनकपुरमा १४१ जनाको स्वाब परीक्षण गर्दा ३३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका वीरेन्द्र बजार दुखानीदेवी मावि क्वारेन्टिनमा ३ जनामा, महोत्तरीको सम्सी क्वारेन्टिनमा बस्दै आएका १० जना, औरहीस्थित राम विलास मावि क्वारेन्टिनमा बस्दै आएका १/१ वर्षका बालबालिकासहित १० जना र महोत्तरीकै लोहरपट्टीको भायरुखी उच्च मावि क्वारेन्टिनमा बस्दै आएका १० जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ ।
उता डडेल्धुराका थप ७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । काठमाडौंमा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभिड –१९ सम्पर्क व्यक्ति हरिप्रशाद भट्टले बताए ।
प्रतिक्रिया