बिहीबार, कार्तिक २२, २०८१

प्रधानमन्त्रीकै जिल्लामा सुकुम्बासी बस्तीमा नगरपालिकाकाे डाेजर

नेपालखोज २०७७ चैत २७ गते १३:००

दमक । सार्वजनिक सम्पत्ति अतिक्रमण गरेको भन्दै बस्ती खाली गराउन स्थानीय प्रशासन र नगरपालिकाले बल प्रयोग गरेर डोजर लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक-७ को सुकुम्बासी बस्तीमा डोजर लगाइएको हाे । शुक्रबार बिहान बस्ती खाली गराउन स्थानीय प्रशासन र नगरपालिकाले बल प्रयोग गरेर डाेजर चलाएका हुन् ।

प्रशासनले पटक-पटक लिखित तथा मौखिकरुपमा बस्ती खाली गर्न स्थानीयलाई पत्र लेखेकाे बताइएकाे छ । रतुवाखोलाको बाढीले कटान गरेपछि विस्थापित परिवार सो स्थानमा बस्दै आएका थिए। उनीहरू २०४६ सालदेखि बस्दै आएका हुन्।

सरकारले भूमीहिनलाई जग्गा दिने भने पनि प्रधानमन्त्रीकै जिल्लामा सुकुम्बासीकाे याे हालत भएकाे हाे ।

प्रतिक्रिया