४० वर्ष यता कृषि क्षेत्रलाई विगार्ने काम भयो : मन्त्री भुषाल
नेपालखोज
२०७७ असार १३ गते १७:४९
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले ४० वर्ष यता कृषि क्षेत्रलाई विगार्ने काम मात्रै भएको टिप्पणी गरेका छन् ।
एसोसिएसन आफ नेपाली एग्रिकल्चरल जर्नलिष्टस् (आनाज) द्धारा राष्ट्रिय धान दिवसको अवसरमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भुसालले ३०–४० वर्षयता मिहेनत गरेर नै कृषि क्षेत्रलाई ध्वस्त पार्ने काम भएको बताए ।
कृषि विकासका लागि भाषण गर्ने, ठेक्का पट्टा गर्ने, विभिन्न प्रोजेक्टहरु ल्याएर विगार्ने काम मात्र भएको उनले जनाए । देशमा औद्योगीक उत्पादन बढाउने प्रयत्न गर्दा र कृषि वस्तुको व्यवस्थापन बजारलाई छाड्दा कृषि व्यवस्था र प्रणाली विग्रेको मन्त्री भुसालले बताए ।
सम्बन्धित
प्रतिक्रिया