शनिबार, असार १४, २०८२

सरकार विरुद्ध अभियन्ता अनशनमा

नेपालखोज २०७७ असार १३ गते १७:५४

काठमाडौँ । कोरोना महामारी रोकथामका लागि सरकारलाई जवाफदेही बनाउन दबाब दिने उदेश्यसहित युवाहरु आज पनि अनशनमा बसेका छन् ।  इनफ इज इनफ अभियानमा रहेकाहरु ललितपुरको पाटनमा अनशनमा बसेका हुन् ।

प्रहरीले हिजो अनशन बसेका अभियानका अगुवा इशान अधिकारी (इ) सहित पाँचजनालाई पक्राउ गरेर जावलाखेल चौकीको हिरासतमा राखेको छ । पक्राउ परेकाहरु हिरासतमै अनशनमा छन् भने अरु युवाहरु पाटनमा अनशनमा बसेका हुन् ।

कोरोना महामारी रोकथामका लागि सरकारी प्रयास प्रभावकारी हुनुपर्ने मागसहित अनशनमा बसिएको उनीहरुले बताएका छन् ।

उनीहरुले कोरोना भाइरसको परीक्षण पीसीआर विधि मार्फत हुनु पर्ने, भ्रष्टाचार अन्त्य हुनु पर्ने माग गरेका छन् । उनीहरुले सरकारसँग जवाफदेहिताको माग गरेका छन् । यस्तै अग्रपंक्तिमा खटिएकाहरुको पूर्ण रक्षाको माग पनि गरेका छन् ।

प्रतिक्रिया