सोमबार, चैत ३, २०८१

सलह व्यवस्थापनमा सक्रिय रहन तीनै तहका सरकारलाई अनुरोध

नेपालखोज २०७७ असार १४ गते ८:२९

काठमाण्डौँ । सरकारले सलह कीरा नियन्त्रणको प्रयास भइरहेको जनाएको छ । सलह कीरा हिजोदेखि देशका विभिन्न ठाउँमा प्रवेश गरेको छ ।

Advertisement

सलहको अध्ययनसँगै नियन्त्रणको लागि सङ्घ, प्रदेश र पालिकाबीच समन्वय भइरहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको हो ।
मन्त्रालयकाअनुसार सलहको अवस्था, फैलावट बुझ्न र क्षति आँकलन गर्न प्रदेशमा रहेका प्राविधिकलाई खटाइएको छ ।

मन्त्रालयले सलह कीराको सङ्ख्या, अवस्था, फैलावट, क्षतिको आँकलनलगायतको विषयमा जानकारी लिन सङ्घीय निकाय र प्रदेशअन्तर्गतका प्राविधिकहरू परिचालित भइसकेको जनाएको छ । सङ्घमा रहेको प्राविधिक कार्यदल र सम्बन्धित निकाय पनि सक्रिय भएका छन् ।

मन्त्रालयले प्राविधिकको सम्पर्क र समन्वयमा यस कीराको व्यवस्थापनमा सक्रिय रहन तीनै तहका सरकारका सम्बन्धित निकायलाई अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले आफ्नो ठाउँमा सलह देखिएकामा नजिकको कृषि प्राविधिकलाई खबर गर्न आग्रह गरँ ।

प्रतिक्रिया