सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ता बिच झडप हुँदा १२ घाइते, गोली चलाएको आशंकामा एक पक्राउ
नेपालखोज
२०७७ असार १५ गते ६:१५
काठमाडौं । सर्लाहीको धनकौल गाउँपालिकामा नेकपा कार्यकर्ताको ट्याक्टरले कांग्रेस कार्यकर्ताको मोटरसाइकललाई बाटो नछाडेकाे निहुँमा झडप हुँदा १२ जना घाइते भएका छन् ।
प्रदेश नं २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले भने, ‘सामान्य विषयबाट सुरु भएको विवाद बढ्दै जाँदा दुवैतर्फ एक/एक सय मानिस भेला भएका थिए । त्यसक्रममा तीन राउण्ड गोली चलेको सुनिएको छ ।’
गोली चलेको बन्दुक कसको हो भन्ने खुलिसकेको छैन । स्थानिय मुकेश शाहलाई गोली चलाएको आशंकामा प्रहरीले पक्राउ गरेकाे छ ।
राति साढे ८ बजे भएको घटनाले ठुलाे रुप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली गाउँपालिकामा पुगेको थियो भने केही राउण्ड टियर ग्यास हानिएको थियो ।
घाइतेको जिल्लास्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैकाे अवस्था सामान्य छ ।
सम्बन्धित
प्रतिक्रिया