बिहीबार, जेठ २, २०८२

निजी क्षेत्रलाई अख्तियार लाग्दैन– प्रधानमन्त्री

नेपालखोज २०७७ असार १५ गते १४:५६

काठमाडौं– नेपाल उद्योग परिसंघ (सीएनआई)को वार्षिक साधारणसभालाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रको नियमनमा अख्तियार नलाग्ने बताएका छन् ।

‘अख्तियार विधेयकमा निजी क्षेत्रको असहमतिबारे म स्पष्टसँग जानकार छु, सरकारले अख्तियारले निजी क्षेत्रलाई समेत हेर्नेगरी आएको विधयक अगाडि बढाउँदैन । निजी क्षेत्रको नियमन गर्ने थुप्रै निकाय छन्, यसमा सरकारले पुनर्विचार गर्नेछ ।’ प्रधानमन्त्रीले भने ।
अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गर्न दिनसक्ने गरी आएको विधेयक राष्ट्रियसभामा विचाराधीन छ । यसका विषयमा निजी क्षेत्रले तीव्र असन्तुष्टि व्यक्त गरेका थिए ।

केही अघि उद्योगीहरुले प्रधानमन्त्रीलाई भेट गरी यो विधेयक फिर्ता लिन समेत आह्वान गरेका थिए ।

प्रतिक्रिया