शुक्रबार, चैत १६, २०८०

सांसदहरुको गलामा भाइरस रिमुभिङ कार्ड, कार्डका नाममा सांसदकै छोराबाट ठगी

नेपालखोज २०७७ असार १२ गते २२:०५

काठमाडौं । विश्व कोरोना भाईरसको महामारीमा जुधिरहेका बेला नेपालमा भने सांसद र तिनका परिवार मात्र होइन नातागोता समेत कमाउ धन्दामा लागेका छन् । पद र शक्तिका बसेकाका आफन्तहरु संक्रमणको फाइदा उठाउँदै लुट मच्चाईरहेका छन् । ओम्नीग्रुपको औषधी काण्डमा रक्षामन्त्री ईश्वर पोखरेलका छोरा मुछिए ।

राज्यको करोडौं स्वाहा पार्ने काम भयो । त्यसलाई न त अख्तियारले देख्यो न त सम्पत्ति शुद्धिकारणले नै हेर्न सक्यो । त्यस्तै अहिले सांसदहरुले गलामा भिरिरहेको भाइरस रिमुभिङ कार्डका नाममा संसदीय विकास तथा प्रविधि समिति सभापति एवं नेकपा सांसद कल्याणी खड्काका छोरा ठगी धन्दामा सक्रिय रहेका छन् ।

हुन त नेपालमा शक्ति र पदमा पुगेकाहरुलाई केहीले पनि छुँदैन । सायद कोरोना भाईरसले पनि गरीव नेपालीहरुकै ज्यान लिईरहेको देखिन्छ । हालसम्म २७ जनाको मृत्यु हुँदाको अवस्थालाई हेर्ने हो भने भने सुत्केरी महिलादेखि मृगौलाका विरामी जसले सही उपचार पाउन सकेनन् उनीहरुकै निधन भएको छ । मृत्युको कारण जे भएपनि कोरोन नभएको भन्दै संख्या थप्ने काम भने भईरहेको छ ।

अहिले चर्चा नागरिकको मृत्यु होइन । कोरोना भाईरस रिमुभिङ कार्डको रहेको छ । जनताका छोराहरु मर्दै जाउन तर सांसदका छोराहरु कमाउने धन्दामा लागेका छन् । कालोबजारी भनौ वा ठगी धन्दामा लागेका छन् । सांसदहरु स्वयं नै ठगिँदा समेत सरकार मुकदर्शक बनेर बसिरहेको छ । कतिपय सांसद भाइरस रिमुभिङ कार्ड भिरेर संसद देखि सिंहदबार छिरिरहेका छन् । सिंहदरबार मात्र होयन बालुवाटार भित्र समेत छिरिरहेकका छन् ।

भाईरस रिमुभिङ कार्डका नाममा व्यापार गर्ने अरु कोही नभएर विकास तथा प्रविधि समिति सभापति एवं नेकपा सांसद कल्याणी खड्काका छोरा हुन । पोखरामा होटल व्यवसाय गरेर बसेका उनी कोरोना संक्रमणका कारण सरकारले गरेको लकडाउन पश्चात कार्ड धन्दामा सक्रिय छन् । यदि साँच्चै नै भाईरस रिमुभिङ कार्डले भाईरस नसर्ने भए अवौं खर्च गरेर किन कोरोना विरुद्धको अभियान सञ्चालन गर्नु ?

अहिले सत्ताधारी नेकपाका सांसदहरु विकास तथा प्रविधि समिति सभापति एवं नेकपा सांसद कल्याणी खड्काका छोराका ग्राहक बनिरहेका छन् जो सिँधै ठगिएका छन् । यदि यही काम अन्य कुनै नागरिकले गरेको भए सायद प्रहरी खोरमा पुगिसक्थ्यो होला । कार्डले कोरोना भाग्ने भए भोलीबाट लकडाउन खुल्ला गरौं । आम नागरिकहरुको दैनिकी सहज बनाऊ । प्रत्येक नागरिकलाई कार्ड भिरेर हिड्ने सूचना जारी गरौं । यदि कार्ड काण्ड सत्य होइन भने पुष्टि गर्ने आधार छैन भने सांसद कल्याणी खड्काको छोरालाई पनि कार्वाही गर्ने आँट सरकारले गर्नु पर्दछ ।

प्रतिक्रिया