शनिबार, वैशाख १५, २०८१

सडक विभागले ७ अर्ब तिर्न बाँकी

नेपालखोज २०७७ असार १५ गते १६:२०

काठमाडौं– सडक विभागले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने रकम रू ७ अर्ब पुगेको छ । यो रकम ठेक्का सम्झौतानुसार काम गरेर भुक्तानीका लागि पेश भएको बिलको रकम हो ।

असार महिनाको अन्तिमसम्ममा थप ५ देखि ७ अर्ब रकम भुक्तानी गर्नुपर्ने दायित्व रहेको विभागका प्रवक्ता उपमहानिर्देशक शिवहरि सापकोटाले बताए ।

कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनका कारण भुक्तानी गर्नुपर्ने रकम विभागले गरेकोे थिएन । आर्थिक वर्ष सकिन लागेकाले विभागले चालू आवको भुक्तानी यही महिनामा गरिसक्नुपर्ने बाध्यता हुन्छ ।

निर्माणको काम भइसकेको ठेक्कामा भुक्तानी गर्नुपर्ने विभागको जिम्मेवारी भएको उपमहानिर्देशक सापकोटाले बताए । ‘काम गरेपछि पैसा माग्नु स्वभाविक हो, चाँडो भुक्तानीका लागि पहल गरिरहेका छौँ’ उनले भने । विभागमा यही २५ गतेसम्ममा भुक्तानीका लागि विल आइसक्नेछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग यस विषयमा कुराकानी भइरहेको उपमहानिर्देशको भनाइ थियाे ।

प्रतिक्रिया