बिहीबार, चैत १५, २०८०

माधव नेपाल कांग्रेस सभापति देउवालाई भेट्न बूढानीलकण्ठ पुगे

नेपालखोज २०७८ वैशाख २३ गते १९:२७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका नेता माधवकुमार नेपाल बूढानीलकण्ठ पुगेका छन् । बिहीबार साँझ नेता नेपाल देउवालाई भेट्न उनकै निवास पुगेका हुन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवालाई भेटेको भोलिपल्टै नेता नेपाल आफू निकट नेताहरुसहित बूढानिलकण्ठ पुगेका थिए ।

अहिले सभापति देउवा र नेता नेपालबीच प्रधानमन्त्रीले विश्वासको मत लिने निष्कर्षमा पुगेपछिको परिस्थिति र उनको पक्षमा कसरी विश्वासको मत पुग्न नदिने भन्ने विषयमै छलफल केन्द्रित रहेको जनाइएको छ ।

प्रतिक्रिया