शुक्रबार, चैत १६, २०८०

फोक्सोलाई स्वस्थ राख्ने घरेलु उपाय

नेपालखोज २०७७ असार १६ गते ६:०२

१. भिटामीन सी युक्त फलफूल
भिटामिन सी युक्त आहारले फोक्सोलाई सफा बनाउने काम गर्छ। किवी, सुन्तला, कागतीलगायतका अमिलो फलफूलले फोक्सोलाई स्वस्थ र बलियो बनाउँछ।

२.ज्वानो
जडिबुटी फोक्सोलाई स्वस्थ राख्नमा धेरै फाइदाजनक छ। त्यस्तै जडीबुटी मध्ये एक हो ज्वानो । यसमा भिटामिन र पोषक तत्व हुन्छ, जसको सेवनले फोक्सोको माध्यमबाट अक्सिजनको प्रवाह सहज हुन्छ ।

३. पुदिना
पुदिनामा पाइने एन्टीअक्सिडेन्ट फोक्सोलाई स्वस्थ राख्नको लागि लाभदायक हुन्छ । यसले मांसपेसीलाई आराम दिएर श्वासप्रश्वास प्रणालीको बाटोलाई सजिलो बनाइदिन्छ । साथै यसले फोक्सोमा जम्मा भएका विषाक्त पदार्थलाई बाहिर निकालेर फोक्सो स्वस्थ बनाउँछ ।

४.जेठीमधु
बोलीचालीको भाषामा जेठीमधु भनिने यष्टीमधुको एन्टिइन्फ्लेमेटरी गुणले फोक्सोको संक्रमणलाई टाढा गर्न धेरै मद्धत गर्छ । घाँटी खराब भएमा, सास फेर्न समस्या आदि भएमा मुलेठी चुस्नाले श्वासप्रश्वास प्रणाली सफा हुन्छ । जसकारण फोक्सोले सजिलै आफ्नो काम गर्न थाल्छ ।

५.अदुवा
दिनमा एकपटक तातो पानीमा अदुवाको रस र थोरै मह मिसाएर पिउनुहोस् । यसले फोक्सोमा जम्मा भएको विषाक्त पदार्थ सजिलैसँग बाहिर निकाल्छ । गर्मीको मौसममा भने यसलाई नपिउनुहोस् ।

६. अनार
अनारको एन्टीअक्सिडेन्ट फोक्सोमा फैलिएका विषाक्त पदार्थलाई सजिलै सफा गर्छ । नियमित रुपमा दिनमा १ कचौरा अनार खाएमा फोक्सो स्वस्थ हुन्छ ।

प्रतिक्रिया