मंगलबार, वैशाख ४, २०८१

कागती फल एक फाइदा अनेक !

डा. हेमराज कोइराला २०८० जेठ ५ गते ८:०५

कागती हिमाल, पहाड, तराई जहाँ कहिँ पनि पाइने फल हो । आमिलो वर्गको फलफुलमा पर्ने यो फल पौष्टिकताको दृष्टिले अति महत्वपुर्ण मानिन्छ । अचार, तरकारी दाल सर्वत लगायत अन्य थप्रै परिकारको गहनाको रूपमा परिचित यो फलले स्वास्थ्य को दृष्टिले विशेष महत्त्व राख्छ । कागती भिटामिन ‘सी’को उपुक्त र सर्वसुलभ श्रोत हो । यो फल खाने गरेमा यसले तौल घटाउन ठूलो सहयोग पुरयाउँछ ।

कागतीमा भएको भिटामिन ‘सी’ प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन मद्दत गर्छ । रक्तसञ्चारसँग जोडिएका समस्या, मधुमेह, आँखाको समस्याबाट बच्न पनि कागतीले महत्त्वपूर्ण भूमिका खेल्छ । विशेषगरी, बिहान खाली पेटमा कागतीपानी पिएमा बढी फाइदा पुग्ने बताइन्छ ।

१ . कागतिमा प्रसस्त पाइने भिटामिन ‘सी’ले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउँछ ।

२. कागती स्वादमा अमिलो भएपनि यसको अमीलोले शरीरलाई कुनै हानी गर्दैन । कागती पानीको नियमित सेवनले शरीरमा अम्ल र क्षारबीचको सन्तुलन बनाउन मद्दत पुग्छ ।

३. कागतीमा पेक्टिन फाइबर धेरै हुने भएकाले ठुलो-आन्द्रालाई स्वस्थ राख्न मद्दत गर्छ । कागतीमा शक्तिशाली एन्टिब्याक्टेरियल गुण पनि छ ।

४. बिहान खाली पेटमा कागती पानी पिएमा शरीरबाट विजातीय द्रव्य निष्काशनमा सहयोग पुग्छ ।

५ . कागती पानीले पाचन क्रियालाइ पनि मजवुत वनाउन सहयोग गर्छ ।

६ . कागती क्याल्सियम, म्याग्नेसियम, पोटासियम, साइट्रिक एसिड र फस्फोरसको राम्रो स्रोत हो ।

७ . कागती पानी पिउने गरेमा शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ ।

८. रुघाखोकीको उपचारमा पनि कागती पानीले फाइदा पुर्याउँछ ।

९. मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरूलाई स्वस्थ राख्न पनि कागतीले विशेष भूमिका अदा गर्छ ।

१० . कागतीले युरिक एसिडलाई समन गर्न मद्धत गर्दछ। ११. कगतिले रक्ताचाप नियन्त्रण गर्न मद्धत गर्छ ।

१२ . कागती पानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन गर्छ । १३ हरेक दिन कागती पानी पिउने गरेमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन र बनेको पत्थरीलाई विघटित पारेर बाहिर निकाल्न मद्दत पुग्छ । मृगौलाको पत्थरी झार्न सहयोग गर्छ ।

१४. कागती पानीको नियमित सेवन ले बढेको तौल घटाउन पनि मद्धत गर्दछ। १५. छालाका दाग धब्बा हटायर छालालाई चम्किलो बनाउँछ ।

१६. मुखको दुर्गन्ध नाश गर्छ । छालालाई चम्किलो बनाउँछ ।

१७. असमायिक बुढ्यौली हुन दिँदैन ।

१८. कलेजो, मृगौला र रगतलाई सफा गर्छ ।

१९. सेवन गरेकाे केही समयमानै शक्ति प्रदान गर्छ ।

२०. तनाब, चिन्ता र उदाशिनता कम गर्न मद्दत गर्छ ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया