बिहीबार, चैत १५, २०८०

भारतमा बाईकट चाईना अभियान जारी, टिकटकसहित ५९ एप्समा प्रतिबन्ध

नेपालखोज २०७७ असार १६ गते ६:३९

काठमाडौं । भारतमा टिकटकसहितका ५९ चिनियाँ एप्समा प्रतिबन्ध लगाइएको छ । लद्दाखमा भएको भिडन्तमा २० भारतीय सैनिक मारिएका थिए ।

उक्त घटना पछि चीनसँग रूष्ट बनेको भारतले टिकटक, पब्जीलगायत ५९ वटा चिनियाँ एप्सलाई प्रतिबन्ध लगाएको छ ।

चिनियाँ एप्सले देशको सम्प्रभुता र अखण्डतामा खतरा पुर्‍याएको भन्दै प्रयोगमा रोक लगाइएको भारतको आइटी मन्त्रालयले जनाएको छ ।

भारतमा बाईकट चाईना अभियान जारी रहेको छ । भारतको उक्त निर्णयसँगै २२ करोड भारतीय टिकटक प्रयोगकर्ता र पब्जीका ५ करोड सक्रिय प्रयोगकर्ता घटेका छन् ।

प्रतिक्रिया