कोरोना पछि चीनमा अर्को भाइरस फेला, महामारीको रुप लिन सक्ने चेतावनी
नेपालखोज
२०७७ असार १६ गते १०:१६
काठमाडौं । पहिलो पटक चीनमा फेला परेको कोरोना भाइरस (कोभिड १९) ले विश्व नै आक्रान्त भएको बेला चीनमा फेरि नयाँ भाइरस फेला परेको छ ।
उक्त भाइरसले पनि महामारीको रुप लिन सक्ने वैज्ञानिकहरूको भनाइ छ। सुँगुरमा पाइएको उक्त फ्लू मानिसमा सरेपछि महामारीको रुप लिन सक्ने वैज्ञानिकहरूको चेतावनी छ।
अध्ययनकर्ताहरुले उक्त भाइरसले आफ्नो स्वरुप परिवर्तन गरी सहजै एकअर्कामा सर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको बीबीसीले जनाएको छ।
यो भाइरसमा मानिसलाई संक्रमित गराउन सक्ने, तीव्ररूपमा फैलिन सक्ने लगायतका सबै प्रकारका संभावना र लक्षण रहेको वैज्ञानिकहरूको भनाइ छ।
यो नयाँ भाइरस भएकाले यस्तो भाइरसविरुद्ध मानिसमा प्रतिरोधात्मक क्षमता नहुने भएकाले सचेत हुनुपर्ने वैज्ञानिकहरूको चेतावनी छ।
सम्बन्धित

प्रतिक्रिया