त्रिवि शिक्षण अस्पतालमा उपचाररत ४५ दिने शिशुमा कोरोना संक्रमण पुष्टि

नेपालखोज २०७७ असार १६ गते १५:१६

काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत ४५ दिने शिशुमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

म्याग्दी स्थायी घर भएका शिशुमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हाे ।

सोमबार शिशुकाे शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गर्नुअघि संकलन गरिएको थ्रोट स्वाबको अस्पतालमै पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको कोरोना युनिटका संयोजक डा. शान्तकुमार दासले बताए ।

श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकहरुले सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरेका थिए । ‘श्वासप्रश्वासमा समस्या देखिएपछि रिपोर्ट नकुरिकन सुरक्षा सतर्कता अपनाएर शल्यक्रिया गर्यौं,’ डाक्टर दासले भने, ‘आज बिहान रिपोर्ट पोजेटिभ आयो ।’

प्रतिक्रिया