सोमबार, चैत ३, २०८१

आज थप ३१६ जनामा कोरोना संक्रमण

नेपालखोज २०७७ असार १६ गते १६:४१

काठमाडौं । आज मंगलबार नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण देखिएको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा ३ सय १६ संक्रमित थपिएको जानकारी दिए। यो संख्या थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ।

त्यस्तै मंगलबार विभिन्न अस्पतालबाट ६० जना कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा ५१ पुरुष र ९ महिला छन्।

प्रतिक्रिया