बिहीबार, माघ १०, २०८१

नेपाल वायुसेवा निगम आजदेखि ६२ वर्षमा प्रवेश

नेपालखोज २०७७ असार १७ गते १३:२१

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ६२ वर्षमा प्रवेश गरेको छ । २०१५ असार १७ अर्थात आजैका दिन शाही नेपाल वायुसेवा निगमको नामबाट निगमको स्थापना भएको थियो ।

Advertisement

सो दिनको सम्झनामा निगमले हरेक वर्ष १ जुलाइमा निगमको स्थापना दिवस मनाउँदै आएको छ । नेपाल वायुसेवा ऐन, २०१९ द्वारा स्थापित निगम वायुसेवा मात्र नभई नेपालको पर्यटन विकासका लागि महत्वपूर्ण आधार पनि मानिन्छ ।

सरकारी स्वामित्वमा सञ्चालित निगमले सामाजिक न्यायमा आधारित भएर सरकारको अनौपचारिक कूटनीतिक दूतका रूपमा समेत अन्तर्राष्ट्रिय जगत्मा नेपालको उपस्थितिलाई सघन बनाउने कार्यमा लागि परेको छ ।

हाल कोरोना महामारीबाट सिर्जित विश्वव्यापी सङ्कटको अवस्थामा विभिन्न मुलुकबाट अलपत्र नेपाली स्वदेश फर्काउने कार्यमा निगमले उल्लेख्य भूमिका निर्वाह गरिरहेको छ ।

प्रतिक्रिया