शनिबार, जेठ ४, २०८२

सलह काठमाडौं उपत्यकासहित २७ भन्दा बढी जिल्लामा

नेपालखोज २०७७ असार १७ गते १३:२६

काठमाडौँ । गत शनिबार भारतबाट नेपाल प्रवेश गरेको सलह किरा काठमाडौं उपत्यकासहित मुलुकका २७ भन्दा बढी जिल्लामा पुगेको छ ।

काठमाडौं प्रवेश गरेको सलह किरा उपत्यकाका तीन वटै जिल्लामा पुगेको सलहको विश्लेषण गरिरहेको प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाईँले जानकारी दिए ।

बाराबाट नेपाल प्रवेश गरेको सलह मकवानपुर हुँदै काठमाण्डौ आइपुगेको हो । हुमगाइका अनुसार नेपाल पसेको सलहको समूह विभिन्न साना समूहमा छुट्टिएर २७ भन्दा धेरै जिल्लामा पुगिसकेको छ ।

सलह किराले प्युठान, दोलखा, स्याङ्जा दाङ लगायतका जिल्लामा मकै तथा तरकारीलगायतका बालीमा क्षति पु¥याएको किसानहरुले बताएका छन् ।

साँझ एक ठाउँमा गएर बस्ने र बिहान ८–९ बजेपछि मात्रै बाली खान खेतमा पस्ने भएकोले बिहान ५र६ बजेको समयमा विषादी प्रयोग गरी सलह नियन्त्रणमा लिन सकिने विज्ञहरुले बताएका छन् ।

प्रतिक्रिया