एडीबीद्वारा कोरोना नियन्त्रणका लागि ३६ करोड अनुदान
नेपालखोज
२०७७ असार १७ गते १३:३८
काठमाडौँ । एशियाली विकास बैंक (एडीबी)ले कोरोनाकोे महामारीविरुद्ध लड्न नेपाल सरकारलाई ३६ करोड रुपैयाँ अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।
एडीबीले एशिया–प्रशान्त विपद् प्रतिकार्य कोषबाट नेपाललाई सो रकम उपलब्ध गराउने स्वीकृति भएको जनाइएको छ ।
जापान सरकारद्वारा कोषमा दाखिला भएको सो रकम सीमाक्षेत्रस्थित क्वारेन्टिनको सुधार तथा प्रभावकारी व्यवस्थापन, प्रयोगशाला र चिकित्सा उपकरण, औषधि एवं सङ्क्रमण नियन्त्रण सामग्री खरिदका निम्ति प्रदान गरिने छ ।
यसअघि पनि एडिबीले तीन करोड ६० लाख रुपैयाँ स्वास्थ्यकर्मी तथा कोरोनाविरुद्ध अग्रपङ्क्तिमा रहेर खटिएकाहरुलाई आपत्कालीन स्वास्थ्य सामग्री खरिद गर्न प्रदान गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया