कतारबाट १ सय ५४ नेपालीहरु फर्कदै
नेपालखोज
२०७७ असार १७ गते १३:४०
काठमाडौँ । कतारको दोहाबाट पहिलो चरणको सातौं उडानबाट आज १ सय ५४ जना नेपालीहरू स्वदेश फर्कीएका छन् ।
नेपाली राजदूतावास दोहा कतारले दिएको जानकारीअनुसार पहिलो चरणको सातौँ उडान मार्फत ६ जना महिलासहित १ सय ४८ जना पुरुष लिएर हिमालय एयरलाइन्सको जहाज स्वदेश फर्किएको हो ।
कतारको समय अनुसार विहान २ बजेर १४ मिनेटमा प्रस्थान गरेको जहाज नेपालमा बिहान साढे ९ बजे अवतरण भएकोे बिमानस्थलले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया