आज ४८२ नयाँ संक्रमित थपिए
नेपालखोज
२०७७ असार १७ गते १६:५४
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा नोभल कोरोना भाइरसका ४८२ नयाँ संक्रमित थपिएका छन् । जसमा ११७ महिला र ३६५ पुरुष रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । देशभर कोरोना संक्रमणको उपचारपछि चार हजार ६५६ जना डिस्चार्ज भएका छन् ।
देशभर हालसम्म दुई लाख ३३ हजार २२७ जनाको पीसीआर परीक्षण गरिएको छ भने तीन लाख ६२० जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ८८६ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका विभिन्न क्वारेन्टिनमा ४८ हजार ३६२ मानिसहरु रहेका छन् भने आइसोलसनमा ९ हजार ३६० कोरोना संक्रमितहरु रहेका छन् ।
सम्बन्धित

प्रतिक्रिया