करार अवधि बाँकी रहेकालाई श्रम स्वीकृति दिइने
काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेकालाई श्रम स्वीकृति दिने भएको छ ।
गत फागुन २९ गते बसेको नोभेल कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा निमन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले गरेको वैदेशिक रोजगारीका लागि दिईने श्रम स्वीकृति स्थगन गर्ने निर्णय बमोजिम श्रम स्वीकृति दिने कार्य स्थगित रहेकोमा मन्त्रिपरिषद्को १५ गतेको बैठकले विदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेकाको हकमा कोभिड–१९ परीक्षण र स्वास्थ्य सम्बन्धी प्रोटोकत्तको पालना गर्ने गरी वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको छ ।
साथै करार अवधि समाप्त भई पुनः करार नवीकरण गरेका र भिषाको समेत म्याद थप भएकाहरुलाई आवश्यक कागजात निवेदन दिएमा कmोभिव–१९ परीक्षण र स्वास्थ्य सम्बन्धी प्रोटोकलसमेतको आधारमा पुनः थप स्वीकृति जारी गर्न पनि भनेको छ ।
प्रतिक्रिया