संघीय संसदको बजेट अधिवेशन सकियो
नेपालखोज
२०७७ असार १८ गते १४:४८
काठमाडौं । संघीय संसदको बजेट अधिवेशन अन्त्य भएको छ । आज मध्यान्ह्मा बसेको मन्त्रिपरिषद् बेठकले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो ।
सोही सिफारिस बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेकी हुन् । राष्ट्रपति भण्डारीले अपरान्ह ५ बजेदेखि संसद अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी गराएकी हुन् ।
पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७७र३र१८ को सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन संवत् २०७७र३र१८ गते बिहीबारको दिन अपरान्ह ५ बजेदेखि अन्त्य गरेको छु ।’
अब संसद् सचिवालयले सूचना टाँस गरेपछि औपचारिक रुपमा अधिवेशन अन्त्य हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया