आइतबार, वैशाख १६, २०८१

पाकिस्तानको भूकम्पमा ज्यान गुमाउनेको संख्या २० पुग्यो

नेपालखोज २०७८ असोज २१ गते ९:११

इस्लामाबाद । पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा बिहीबार बिहानै भूकम्प जाँदा मृत्यु हुनेको संख्या २० पुगेको छ । त्यहाँको विपत् व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार मृतकको संख्या बढ्न सक्ने बताएका छन् ।

भूकम्पपछि क्वेटा सहरका बासिन्दा सडकमा निस्केको सामाजिक सन्जालमा राखिएका तस्बिरहरूमा देखिएकाे छ । प्रारम्भिक रिपोर्टहरूका अनुसार ५.७ म्याग्निच्युडको भूकम्प गएको अनुमान छ ।

भूकम्पका कारण घरहरू भत्कँदा च्यापिएर मानिसहरूको ज्यान गएको एक अधिकारीले बताए । मृतकमध्ये अधिकांश महिला तथा बालबालिका रहेको समाचार संस्था रोयटर्सले जनाएको छ । भूकम्पमा परि २०० जनाभन्दा घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

तीमध्ये कतिपयको अवस्ता चिन्ताजनक छ । सिकिस्त घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको बीबीसीले समाचारमा जनाएको छ । बलोचिस्तानका आन्तरिक मामिलामन्त्री मीर जिआउल्लाह लङ्गुले प्रभावित क्षेत्रमा आपत्‌कालीन सेवा सुरु गरिएको जनाएका छन् ।

प्रतिक्रिया