नेकपा स्थायी समिति बैठक शनिबारसम्मका लागि स्थगित
नेपालखोज
२०७७ असार १८ गते १७:२३
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक आगामी शनिबारसम्मका लागि स्थगित भएको छ । एकपटक रोकिएर फेरि सुरू भएको बैठक करिब आधा घण्टा बसेर स्थगित भएको हो ।
स्थायी समिति बैठकअघि सरकारले संघीय संसदको अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेपछि बैठक रोकिएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिलाई भेटेर आएपछि सुरु भएको बैठक आधा घण्टामै स्थगित भएको हो ।
बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँग गरेको संवाद तथा राष्ट्रपतिसँग गरेको परामर्शबारे जानकारी गराएपछि शनिबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको स्रोतले बताएको छ ।
सम्बन्धित
प्रतिक्रिया