नेकपालाई दुई तिहाई पचेन : डा.भट्टराई
नेपालखोज
२०७७ असार १८ गते १८:३८
काठमाडौँ । पुर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेकपालाई दुई तिहाई नपचेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले नेकपाकै कारण लोकतन्त्रमाथि नै समस्या आउन सक्ने भएको भन्दै सबैले खबरदारी गर्नुपर्ने उल्लेख गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेसका नेता गगन थापाले संसद अधिवेशन अन्त्य गर्नु विनाशकालमा विपरीत वुद्धि भएजस्तै बताएका छन् ।
संसदको जारी बजेट अधिवेशन अन्त्य भएपछि नेता थापाले ट्विटरमार्फत,‘संघीय संसदको चालु अधिवेशन अप्रत्यासित रुपमा अन्त्य ! विनासकाले विपरित वुद्धि !’ भनेका छन् ।
संसदमा थुप्रै विधेयकहरू कार्यसूचीमा र प्रक्रियामा रहेका बेला पार्टी भित्रको किचलोको अचानो संसदलाई बनाइएको उनले बताए ।
सम्बन्धित

प्रतिक्रिया